दल

गठबन्धन दलले एक दुई दिनभित्रै सिट बाँडफाँडको टुंगो लगाउँछ : देव गुरुङ

इकागज |
भदौ ८, २०७९ बुधबार १६:१७ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा एक/दुई दिनभित्रै सिट बाँडफाँड टुंगो लाग्ने दावी गरेका छन् । 

बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले अहिले पनि सिट बाँडफाँडका लागि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल चलिरहेको जानकारी दिए । 


गुरुङले मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेको संकटलाई सबै दलबीचको सहकार्यले पार लगाउनुपर्नेमा जोड दिए । महासचिव गुरुङले एमाले पनि विगतका गल्ती कमजोरी पूनर्विचार गर्न तयार भयो भने वाम घटकहरु सहकार्य गरेर जान सकिने तर वाम घटकमा संकीर्णता भने देखिएको बताए । 

फरक प्रसङ्गमा उनले पार्टीका पदाधिकारी समावेशी नभएको बताए । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चितता गरेको भएपनि पदाधिकारीको सवालमा त्यसो हुन नसकेको उनले बताए । 

गुरुङले आफ्नो दलमा पर्ने सिटको भागअनुसार सोहीअनुसार उम्मेदवार उठाउने सवालमा मापदण्ड तय गरिने जानकारी दिए । 


Author

थप समाचार
x