माधव नेपालको पछि लागेर पछुतो लागेको भन्दै समाजवादीका सुदूरपश्चिम अध्यक्षले त्यागे पार्टी
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम अध्यक्ष विक्रम शाहीले दलत्याग गरेका छन् । एमाले विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरूलाई फाइदा भएको भन्दै उनले दल त्यागको घोषणा गरेका हुन् ।
उनले एमाले विभाजन हुँदा माधव नेपालको पछि लागेर पछुतो र आत्मग्लानी भएको बताएका छन् । उनी पछिल्लो ६ महिनादेखि राजनीतिक रूपमा निष्क्रिय रहँदै आएका थिए ।
'२०५४ सालमा वामदेवले 'फुट्बाट पनि शक्ति प्राप्त हुन्छ' भन्दै पार्टी विभाजन गराउँदा थुप्रै मान्छेहरू हौसिँदै उनका पछि लागे,' फेसबुकमा उनले लेखेका छन्, 'गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसको पछि लाग्नेमा म पनि थिएँ । पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरूलाई नै फाइदा पुर्यायो । त्यसबाफत् पछुतो र आत्मग्लानी भएको छ। आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया