पार्टी परित्याग गरेका समाजवादीका सुदूरपश्चिम अध्यक्ष भन्छन्
'लोभी, पापी र स्वार्थीहरूले पद जोगाउन पार्टी बनाएको जस्तो देखियो'
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का सदूरपश्चिम अध्यक्ष विक्रम शाहीले पार्टी नयाँ ढंङ्गले अघि नबढ्ने देखेपछि पार्टी परित्याग गरेको बताएका छन् । बिहीबार दल त्यागको घोषणा गरेका शाहीले पार्टीमा विधि, पद्धति केही पनि केही नभएको बताए ।
पार्टी लोभी, पापी र स्वार्थीहरूको बन्दै गएको उनको आरोप छ । एमसिसी पास गरेदेखि नै आफ्नो विमति सुरु भएको उनले बताए ।
'एमसिसी पास गरेदेखि नै विमति सुरु भएको हो । त्यतिबेलादेखि कामकाजमा थिइनँ,' इकागज उनले भने, 'मलाई त्यो चित्त बुझेको थिएन । म लामो समयदेखि निष्क्रिय पनि थिएँ । आज छोडेको घोषणा गरेको हुँ । अरुले पुनर्गठन दिवस मनाइ रहँदा मैले पार्टी छोडेँ । पार्टीमा विधि पद्धति भन्ने केही देखिएन । नयाँ ढंगले अघि बढेको पनि देखिएन । पार्टी लोभी, पापी र स्वार्थीहरूको बन्दै गयो । उनीहरूले आफ्नो पद जोगाउन पार्टी बनाएको जस्तो देखियो ।'
अब के गर्ने भन्ने टुङ्गो लागिनसकेको उनले बताए । 'अब के गर्ने भन्ने योजना बनाएको छैन । पछि केके हुन्छ हेर्दै जाऔँ,' उनले भने ।
यो पनि
माधव नेपालको पछि लागेर पछुतो लागेको भन्दै समाजवादीका सुदूरपश्चिम अध्यक्षले त्यागे पार्टी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया