दल

प्रस्तावको पूर्णपाठसहित

एमाले बैठकमा फेरि वाम एकताको प्रस्ताव, प्रत्यक्षमै १५० सिट जित्‍ने घनश्यामको दाबी

इकागज |
भदौ ९, २०७९ बिहीबार १५:१६ बजे

काठमाडौँ- नेकपा एमाले पोलिटब्युरो बैठकमा वाम एकताको प्रस्ताव गरिएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता गरेर एमालेले नेतृत्व लिनुपर्ने प्रस्ताव गरेका हुन् ।  

भुसालले एमालेले वाम एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने प्रस्तावमा उल्लेख गरेका छन् । वाम एकताका लागि एकीकृत समाजवादी र माओवादी केन्द्रबाट सम्भव नभएको बताएका भुसालले एमालेले नै वाम एकताको नेतृत्व गर्नुपर्ने जिकिर गरेका छन् । 


वाम एकता गरेर श्वेतपत्र जारी गरेमा जनताले दुई तिहाइ मत दिने भुसालको विश्वास छ । वाम एकता गरेर अघि बढेमा आसन्न निर्वाचन १५० सिट जित्ने उनले दाबी गरेका छन् ।  

‘अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी समेतले जितेका स्थानीय तह जम्मा ३४७ छन् । कम्तिमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारण गुमेका छन् । त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्टको नालायकी हो,’ घनश्याम भुसालले प्रस्तावमा उल्लेख गरेका छन्, ‘फेरि पनि निर्वाचन आउँदै छ । स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटमा १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसदमा दुई तिहाइभन्दा बढी हो । वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने छर्लङ्गै छ ।’ 

 

 

 


Author

थप समाचार
x