दल

तीजको अवसरमा केन्द्रीय सदस्यलाई पाँचतारे होटलमा ओलीको रात्रिभोज

इकागज |
भदौ ११, २०७९ शनिबार १८:५६ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका छन् । काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका हुन् ।

तीजको अवसर पारेर सबै केन्द्रीय सदस्यलाई बोलाएर ओलीले रात्री भोज दिएको बताइएको छ । बेलुकी ६ बजेदेखि एभरेस्ट होटलमा रात्रिभोज चलिरहेको हो ।


दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक आज सकिएको छ । एमालेले भोलि केन्द्रीय निर्वाचन कमिटी बैठक बोलाएको छ।


Author

थप समाचार
x