दल

यी हुन् बागमतीमा माओवादीका चुनावी कमाण्डर (सूचीसहित)

इकागज |
भदौ १३, २०७९ सोमबार १०:५३ बजे

बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार बसेको बैठक । तस्बिर : प्रचण्डको सचिवालय

काठमाडौँ- नेकपा माओवादी केन्द्रले बागमती प्रदेशले ३३ निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोक्‍ने भएको छ । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकले ३३ निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोक्‍न लागेको हो ।

बागमती प्रदेशको १३ जिल्लामा चुनावी कमाण्डर तोक्‍ने माओवादी बागमतीका अध्यक्ष सरल सहयात्रीले इकागजलाई बताए । 'चुनावी कमाण्डर तोक्‍ने निर्णय भएको छ तर कसलाई बनाउने भन्‍ने फाइनल भएको छैन' सहयात्रीले इकागजसँग भने 'भोलि लिस्ट फाइनल हुन्छ ।'


माओवादीले यी नेताहरूलाई चुनावी कमाण्डर तोक्‍ने तयारी गरेको छ :
काठमाडौँ- १ मा अनिल शर्मा 
काठमाडौँ- २ मा कुमार पौडेल 
काठमाडौँ- ३ मा बद्री बजगाईं 
काठमाडौँ- ४ मा गोविन्द बटाला 
काठमाडौँ- ५ मा कल्पना शर्मा
काठमाडौँ- ६ मा हिमाल शर्मा
काठमाडौँ- ७ मा रामबाबु फुयाल
काठमाडौँ- ८ मा सरिता श्रेष्ठ 
काठमाडौँ- ९ मा शंकर दुलाल
काठमाडौँ- १० मा अञ्जना विसङ्खे
भक्तपुर- १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल 
भक्तपुर- २ मा दिलीप प्रजापति
ललितपुर- १ मा गंगा पराजुली
ललितपुर- २ मा उर्मिला लामा
ललितपुर- ३ मा हरि दाहाल र पद्मा राई
चितवन- १ मा कन्चन खनाल 
चितवन- २ मा घनश्याम दाहाल
चितवन- ३ मा  रेनु दाहाल
मकवानपुर- १ मा विजय गौतम 
मकवानपुर- २ मा कुमारी मोक्तान
नुवाकोट- १  हितबहादुर तामाङ  
नुवाकोट- २ मा विमला सुवेदी
सिन्धुपाल्चोक- १ मा माधव सापकोटा 'सुबोध'
सिन्धुपाल्चोक- २ मा युवराज दुलाल 'शरद'
धादिङ- शालिकराम जम्कट्टेल
काभ्रे- सूर्यमान दोङ र रुकु चौलागाई
दोलखा- देवी खड्का
रामेछाप- श्यामकुमार श्रेष्ठ
रसुवा- इन्द्र गोतामे
सिन्धुली- दीर्घराज श्रेष्ठ र वसन्त माझी


Author

थप समाचार
x