दल

कसैको निम्ति भर्‍याङ हुन चाहँदैनौँ, उब्रिएको सिट हामीलाई दिने कुरा स्वीकार्य हुन्‍न : माधव नेपाल

गठबन्धन बनाउन आफ्नो पार्टीले खेलेको भूमिका नजरअन्दाज नगर्न चेतावनी

इकागज |
भदौ १५, २०७९ बुधबार १८:१६ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचननमा गठबन्धन दलहरूले बाँकी रहेका सिटमात्रै आफूहरूलाई दिने कुरा स्वीकार्य नहुने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा युवा संघ नेपालले ‘महाकाली–मेची युवा जागरण अभियान–२०७९’को सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनमा उब्रिएको सिट मात्रै आफूहरूलाई दिने कुरा स्वीकार्य नहुने बताएका हुन् ।

गठबन्धन बनाउन आफ्नो पार्टीले खेलेको भूमिकालाई नजरअन्दाज नगर्न उनले चेतावनी दिए। दुवै पक्षलाई फाइदा हुन गठबन्धन गरिएको भन्दै आफूहरूलाई फाइदा नभए कसैको निम्ति भर्‍याङ नबन्ने स्पष्ट पारे ।


‘चुनावमा पाँचदलीय गठबन्धन सँगसँगै हातेमालो गर्दै हामी अघि बढौँ भन्ने हाम्रो चाहना हो । गठबन्धनमा हामीले खेलेको भूमिकालाई कसैले पनि नजरअन्दाज नगरुन्,’ उनले भने, ‘जम्मै सिट आफूले लिने अनि उब्रिएको सिट हामीलाई दिने कुरा हामीलाई स्वीकार्य हुन सक्दैन । गठबन्धनमा दुवैलाई फाइदा हुन्छ भने हुन्छ । हुँदैन भने कसैको निम्ति हामी भर्‍याङ हुन चाहँदैनौँ ।’

संकटको बेलामा साथ दिने सहयात्रीलाई अवमूल्यन गर्नु नहुने उनको भनाइ थियो । 


Author

थप समाचार
x