सत्ता गठबन्धनले मंगलबार सिट बाँडफाँडबारे सहमत्ति गर्ने
फाइल फोटो
काठमाडौँ - सत्तारुढ गठबन्धनको सिट बाँडफाँड कार्यदलमा मंगलबार निस्कर्षमा पुग्ने सहमति भएको छ । बालुवाटारमा बसेको बैठकले १६५ वटै निर्वाचन क्षेत्रका बारेमा छलफल गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकमा १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ भन्नेबारे छलफल गरेको र मंगलबार फेरि छलफललाई निरन्तरता दिएर प्रतिवेदनलाई अन्तिमरुप दिइने उनले बताए ।
कार्यदलले सिट बाँडफाँडमा सहमति जुटाएर बुधबारसम्म शीर्ष तहमा प्रतिवेदन पेस गर्ने तयारी गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया