पार्टीमा राम्रा उत्तराधिकारी तयार हुन भन्ने प्रचण्डको चाहना
फाइल फोटो
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफ्नो चाहना पार्टीमा राम्रा उत्तराधिकारी तयार हुन भन्ने नै रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा प्रचण्डले आफ्नै तयारीमा र नेतृत्वमा जनयुद्ध भएको र शान्ति प्रक्रिया र संविधानसभाको पनि नेतृत्वका साथै संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरेकाले अबको चाहना पार्टीमा राम्रा उत्तराधिकारी तयार हुन भन्ने नै रहेको बताएका हुन् ।
उनले माओवादीको विरासत र परम्परालाई अगाडि बढाउन ठूलो छातीका साथ अगाडि बढ्नुपर्ने धारणा राखे । कार्यक्रममा पार्टीका नेता जनार्दन शर्माले पार्टीको नीति र नेतृत्वको आलोचना गरेपछि प्रचण्डले पार्टीको नीति र नेतृत्वको रक्षाको कुरा गर्ने शर्मालाई रक्षा र हुर्काउन पनि आफ्नो मुख्य भूमिका रहेको बताए ।
त्यस्तै प्रचण्डले सडक सदन र सरकारबाटै आन्दोलनको उपलव्धीलाइ रक्षा गर्नुपर्ने भएको युवाहरु सडकमा आउनुपर्ने धारणा राखे । उनले निर्वाचन प्रणालीमा सुधार र शासकीय प्रणालीमा सुधार गर्नुपर्ने आफुहरुको नैतिक दायित्व भएको जिकिर गरे ।
कार्यक्रममा अर्थमन्त्री समेत रहेका शर्माले आफु उपमहासचिवको हैसियतमा नभइ पार्टीको संगठन विभागको प्रमुखको हैसियतले बोलेको बताए । शर्माले अहिले पनि नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे । पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्न सक्ने भएकाले आफुले नेतृत्वको आलोचना गरेको उनले बताए ।
अखिल क्रान्तिकारीले निर्वाचन केन्द्रीत क्रान्तिकारी फोर्स घोषणा गरेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया