दल

राम्रा प्रतिनिधि चयन गर्दा कस्तो हुन्छ भन्‍ने काठमाडौँमा- १ ले देखाएको छ : प्रकाशमान सिंह

इकागज |
भदौ २४, २०७९ शुक्रबार १२:४५ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँको बुद्धनगरमा सामुदायिक भवन तथा सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले राम्रा जनप्रतिनिधि चयन गर्दा राम्रो प्रतिफल प्राप्त हुने बताए । 


राम्रा प्रतिनिधि चयन गर्दा प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नम्बर १ ले देखाएको उनको भनाइ थियो । क्षेत्र नम्बर १ उनको निर्वाचन क्षेत्र हो । गत निर्वाचनमा उनी क्षेत्र नम्बर १ बाटै निर्वाचित भएका थिए । 

नाराले मात्रै विकासको सपना पूरा नहुने भन्दै काममा ध्यान दिनुपर्ने उनले बताए ।


Author

थप समाचार
x