नेपालको प्रधानमन्त्री, मन्त्री को हुनुपर्छ विदेशीहरूको चासोको विषय बनेको छ : लिङ्देन
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरूको योजनामा बनाइने गरेको बताएका छन् ।
शुक्रबार विश्व ॐकार एकता महाअभियानको आयोजनामा काठमाडौँमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरूको चासो र योजनामा बनाइने गरेको बताएका हुन् । उनले नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीहरूको हातमा रहेको उल्लेख गरे । उनले मन्त्रीहरूको बनाउने र आगामी निर्वाचनमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशीहरूको चासोको विषय हुने गरेको जिकिर गरे ।
अध्यक्ष लिङदेनले हिन्दुराष्ट्रको समाप्त पार्नेहरूको अभिष्ट अझैपनि पूरा भइ नसकेको टिप्पणी गरे ।
उनले भने, ‘आज नेपालको प्रधानमन्त्री को हुनुपर्छ, मन्त्री को हुनुपर्छ, आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ र को प्रधानमन्त्री हुनुपर्छ विदेशीहरुको चासो र योजनाको विषय बन्न थालेको छ । त्यसकारण यो धर्मको कुरो मात्रै होइन हाम्रो पहिचान, एकता, हाम्रो अस्तित्व र हाम्रो सार्वभौमिकताको प्रश्न हो हिन्दु राष्ट्र भन्ने कुरा ।’
अध्यक्ष लिङ्देनले नेपाललाई कसैको माग बिना नै धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै त्यसो हुँदा पनि हिन्दु धर्मावलम्बीहरूले कुनै विरोध गर्न नसकेका बताए ।उनले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि ॐकार परिवारको प्रयत्न र सक्रियतालाई अझै बढाउनुपर्नेमा जोड दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया