दल

दलहरूका आ-आफ्नै दाबी

गठबन्धनमा सिट बाँडफाँटको सकस : 'निर्णायक छलफल' निष्कर्षविहीन, सहमतिका लागि भोलिको भाका

आज पनि बैठक बस्दै

इकागज |
भदौ २६, २०७९ आइतबार ६:४५ बजे

काठमाडौं - सत्तारूढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको शनिबार साँझ बसेको बैठक पनि निष्कर्षविनै सकिएको छ। सबै दलहरुले आ–आफ्नो दाबी कायमै राखेपछि बैठक विनानिष्कर्ष सकिएको हो । 

सिट बाँडफाँटको मोडालिटी बनाउने जिम्मेवारी पाएको कार्यदलले खाका तयार गर्न नसकेपछि शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । तर कुनै सहमति भने हुन सकेको छैन । नेताहरू आज टुङ्ग्याउने भन्दै बैठक बस्दै आएका छन् । तर बैठक भने सहमति हुन नसकेर सर्दै आएको छ । 
 


शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो । बैठक आज बिहान ८ बजे पुन; बस्ने नेताहरूले बताएका छन् ।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार बेलुकी बैठक बसेको थियो ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।

शुक्रबार सिट बाँडफाँटको निर्णायक छलफल गर्ने भनिए पनि नेताहरू काठमाडौंबाहिर गएका कारण बैठक बस्न सकेको थिएन । नेताहरूले शनिबारको बैठकलाई भने निर्णायक बैठक भनेका थिए । तर आज पनि सहमति जुट्न सकेन ।


Author

थप समाचार
x