दल

गठबन्धनमा सिट बाँडफाँट सकस : शीर्ष नेताले पनि मिलाउन सकेनन् भागबन्डा, भोलि फेरि बस्‍ने

इकागज |
भदौ २६, २०७९ आइतबार १३:५३ बजे

काठमाडौं - सत्तारूढ गठबन्धनलाई सिट बाँडफाँट टुंग्याउन सकस परेको छ । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरूको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन । आइतबार नटुंगिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उनले जानकारी दिए । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको जानकारी दिएका खनालले कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा भने रिपोर्टिङ भएको बताए । 


सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने खनालको भनाइ छ । सोमबारको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने उनको दाबी छ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठन भएको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन शिर्ष तहमा बुझाएको थियो । तर पटक पटक छलफल हुँदा पनि गठबन्धनले सिट बाँडफाँटलाई अन्तिम रुप दिन सकेको छैन । 

 


Author

थप समाचार
x