करोडौं मानिसका बीचमा रहेपनि एक्लो महसुस हुन्छ : प्रचण्ड
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लाखौं करोडौं मानिसका बीचमा रहेपनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन् ।
मंगलबार काठमाडौँमा माओवादी केन्द्रका नेता सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यु’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले सशस्त्र युद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भएपनि अहिले एक्लो महसुस हुन थालेको बताएका हुन् ।
प्रचण्डले जीवनको बोध हुन छोडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौं ? भन्ने अनुभूति हुन थालेको समेत जिकिर गरे । अहिलेको अवस्था जे–जस्तो भएपनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए ।
प्रचण्डले सशस्त्र युद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौं यथार्थमा आधारिक पक्ष रहे पनि यथार्थमा उत्खनन हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकिएको धारणा राखे । आधुनिक नेपाल निर्माणमा सशस्त्र युद्धको महत्वलाई कसैले भुल्न नहुने उनको भनाइ छ ।
प्रचण्डले युद्धमा सहभागीहरूलाई जति शान्तिको महत्व अरूलाई नहुने टिप्पणी पनि गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया