दल

एमालेले गर्‍याे प्रतिनिधि सभाका सांसदलाई बिदाई

इकागज |
भदौ ३१, २०७९ शुक्रबार १६:५५ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाका सांसदहरूलाई बिदाई गरेको छ ।

एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदहरूलाई बिदाई गरेको हो । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदहरूलाई बिदाई गरेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।


बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरूको फेहरिस्त बोकेर निर्वाचनमा जान निर्देशन दिएको उनले जानकारी दिए । त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरूको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएको उनले उल्लेख गरे ।

अध्यक्ष ओलीले नयाँ उम्मेदवार र उत्साहका साथ एमालेलाई बहुमत दिलाउने गरी निर्वाचनमा खट्न नेताहरूलाई आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा संसद्‍मा खेलेको भूमिकाप्रति सांसदहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।


Author

थप समाचार
x