सभामुख सापकोटाको भूमिका प्रतिनिधि सभाको नेतृत्वको रूपमा दुःखद् : पाेखरेल
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल प्रभावकारी नरहेको टिप्पणी गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटा कतिपय अवस्थामा सत्तारुढ गठबन्धनको बफादार कार्यकर्ताको भूमिकामा रहँदा प्रतिनिधि सभाको आफ्नो कार्यकाल प्रभावकारी हुन नसकेको उनको आरोप थियो । शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभालाई नेतृत्व गर्ने सभामुख सापकोटा र सरकारको भूमिका राम्रो नभएकै कारण प्रतिनिधि सभाले आफूले दिनुपर्ने डेलिभरी दिन नसकेको पटकपटक दोहोर्याए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सभामुख सापकोटाको भूमिका प्रतिनिधि सभाको नेतृत्वको रूपमा दुःखद् रहेको प्रतिक्रिया समेत दिए ।
पोखरेलले सभामुख सापकोटाकै कारण सरकारले गरेको काम, कारबाहीबारे जनतालाई सही सूचना दिने काम समेत प्रतिनिधि सभाबाट हुन नसकेको गुनासो गरे । उनले आफ्नो पार्टीले भने सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा पनि संसद्को भूमिकालाई सशक्त बनाउन सक्दो प्रयास गरेको दाबी समेत गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया