दल

निर्वाचन नजिकिएसँगै थापालाई छिमेकी भेट्न भ्याई नभ्याई

इकागज |
असोज २, २०७९ आइतबार १६:५० बजे

काठमाडाैँ- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदाता र छिमेकीसँगकाे भेटलाई बाक्लाे बनाएका छन् । यही क्रममा उनले आइतबार हेटौंडास्थित छिमेकीहरूसँग बसेर चियासहितकाे छलफल गरेका छन् ।

साे क्रममा उनले हेटौंडा-६ का छिमेकी तथा कार्यकर्ताहरूलाई निर्वाचनमा सघाउन आग्रह गरेका थिए । उनले आफूमाथि लागेको आरोपहरू बारे खोलेर कुरा गरेका थिए ।


राप्रपा फुटाएको नभई आफू एक्लै बाहिरिएको दलिल समेत उनले दिएका थिए । राप्रपाबाट बाहिरिनु रहर नभई बाध्यता भएको उनको तर्क थियो । उनले महाधिवेशनमा भएको घेराबन्दी, धोका, बेइमानी बारे निकै लामो चर्चा गरे । तर, यसबाट विचलित नभई नयाँ ऊर्जा र योजनाका साथ क्रियाशिल भएको दाबी गरे ।

मकवानपुरको विकास निर्माणमा आफ्नो योगदान रहेको उनले चर्चा गरे । उनले अधुरो विकास निर्माणलाई मूर्त रूप दिन चुनावी मैदानमा खडा हुन चाहेको पिन स्पष्ट पारे ।

यसकारण सबैको साथ समर्थन खोजेको बताए । पार्टी, वाद, विचारभन्दा माथि उठेर राम्रो उम्मेदवार चयन गर्नुपर्नेमा थापाको जोड थियो । थापाको यो अभियान सबै वडाहरूमा निरन्तर जारी रहने राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरूप्रसाद सापकोटाले जानकारी दिए ।


Author

थप समाचार
x