दल

गायक मुरलीधर राप्रपा प्रवेश, सिराहाबाट उम्मेदवार बन्ने

इकागज |
असोज २, २०७९ आइतबार १७:९ बजे

काठमाडौँ- गायक मुरलीधर राप्रपामा प्रवेश गरेका छन् । राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीमा स्वागत गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

मुरलीधर सिराहाको क्षेत्र नं २ वा क्षेत्र नं ४ मा राप्रपाबाट प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्ने भएका छन् । 


अध्यक्ष लिङ्देनले मुरलीधरजस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा आफू उत्साहित भएको र प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्ने चाहनाको सम्मानका लागि पार्टीले अवसर दिने बताए । 

'उडायो सपना सबै हुरीले', 'निष्ठुरीले माया गरी आफैँलाई रोगी बनायो', 'पहाडको पल्लो डाँडामा छ सानो गाउँ' जस्ता दर्जनौं चर्चित गीतमा स्वर भरेका मुरलीधर राप्रपामा प्रवेश गरेका हुन् । उदितनारायण झासँग संयुक्त आवाजमा मुरलीधरले 'आमैले भन्थे धाराको पानी'जस्ता लोकलयमा आधारित गीत गाएका छन् ।


Author

थप समाचार
x