पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही गर्छु : माधव नेपाल
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही गर्ने चेतावनी दिएका छन् ।
सोमबार पार्टी कार्यालय तीनकुनेमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेभित्र केपी ओलीमा व्यक्तिवादी चरित्र देखा परेकै कारण आफूहरुले विद्रोह गर्नु परेको भन्दै एकीकृत समाजवादीमा कसैले व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही गर्ने चेतावनी दिएका हुन् ।
उनले आफ्नो पार्टी पुरातनवादी पार्टीभन्दा भिन्न पार्टी भएको जिकिर गरे । उनले यसअघि जनताले दिएको जनमतलाई एकाधिकारवादी बानीले मूल्याङ्कन गर्न नसक्दा कम्युनिष्ट पार्टी भिन्न भएको बताए ।
पाँच दलको गठबन्धनको सरकारलाई अघि बढाउने काम गरेपछि नेपालको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको उनले बताए ।
नेपालले पार्टीलाई जिल्ला जिल्लामा विस्तार गरी आउने निर्वाचनमा पार्टीलाई भारी मतले जित दिलाउने गरि तयारी गर्न निर्देशन दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया