अखिल क्रान्तिकारीले राष्ट्रपतिको पुत्ला दहन गर्ने
काठमाडौँ - नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले राष्ट्रपतिको पुत्ला दहन गर्ने भएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने कदम असंवैधानिक कदम भएको भन्दै साँझ पाँच बजे पुत्ला दहन गर्ने भएको हो ।
क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले साँझ पाँच बजे देशव्यापी पुत्ला दहन कार्यक्रम गर्न प्रदेश समिति , विश्वविद्यालय राष्ट्रिय समिति , जिल्ला समिति, क्याम्पस समितिहरूलाई निर्देशन दिएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निष्क्रिय भएको छ । विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमको चौतर्फी आलोचना भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया