दल

एमाले मकवानपुरद्वारा निर्वाचन परिचालन कमिटी गठन

इकागज |
असोज ५, २०७९ बुधबार १८:३५ बजे

मकवानपुर- नेकपा एमाले मकवानपुरले पार्टी केन्द्रीय निर्वाचन परिचालन कमिटीका सदस्य अनन्त पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ ।

एमाले मकवानपुरले पौडेलको संयोजकत्वमा ७५१ सदस्य कमिटी गठन गरेको हो । कमिटीको सह संयोजक जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ र सचिवमा पार्टी जिल्ला सचिव नवीन सिग्देल रहेका छन् । 


कमिटीका सदस्यहरूमा नेकपा एमालेका जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी, जिल्ला कमिटी, जिल्लाका विभागका सदस्यहरू, भ्रातृ सङ्गठनका केन्द्रीय सदस्य, प्रदेश कमिटी, एमालेका पालिका स्तरीय कमिटीका सदस्यहरू, जिल्ला सल्लाहकार परिषद्, कम्युनिस्ट मन्च, निर्वाचित पालिका प्रमुख उपप्रमुख, जिफन्ट तथा पेशागत महासङ्घका सदस्यहरू,  वडाध्यक्षहरूलगायत सदस्य रहनेछन् । 

यस्तै प्रतिनिधि सभा १ नम्बर क्षेत्रको संयोजकमा रामचन्द्र राई र सचिवमा अनिल बानियाँलाई जिम्मेवारी दिइएको छ । त्यस्तै १ को 'क' मा दिलबहादुर घिसिङ र सचिवमा कृष्णप्रसाद चौलागाईं र 'ख'को संयोजकमा रघुनाथ खुलाल र सचिवमा इन्द्र नेपाललाई एमालेले जिम्मेवारी प्रदान गरेको छ । 

यस्तै प्रतिनिधि सभा २ नम्बर क्षेत्रमा सुवास चन्द्र ठकुरी संयोजक र मेम्बर लोलाई सचिव रहेका छन् । २ नम्बर क्षेत्रको 'क'मा संयोजक बलराम बल र सचिव पार्वती राना, 'ख' मा एकराज उप्रेती संयोजक र सचिव नरेन्द्रलाल रिजाललाई तोकिएको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए । 

जिल्ला निर्वाचन परिचालन कमिटी कार्यालय, प्रतिनिधि सभाका २ वटा निर्वाचन कार्यालय र १ नम्बर क्षेत्रको 'ख' को कार्यालय जिल्ला पार्टी कार्यालयमा, १ को 'क' को कार्यालय बकैया, २ को 'क' को थाहामा र 'ख' को कार्यालय मनहरीमा राखिने सचिव नवीन सिग्देलले जानकारी दिए ।


Author

थप समाचार
x