दल

'एमालेसँग एक्लै भिड्न नसकेर सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भए'

इकागज |
असोज ७, २०७९ शुक्रबार १८:५५ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरूलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाएजसरी बगाउने निश्चित भएपछि उनीहरूले गठबन्धनको त्यान्द्रो समाउनु परेको जिकिर समेत गरे । राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी गरे ।


अध्यक्ष ओलीले एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको बताए । उनले भने, ‘अनेक थरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन् । अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरूको धनु कामेको छ एमाले देखेपछि । गर्मीमा पनि उनीहरू धेरै जाडोमा मानिसहरू काम्छ नि थरर त्यसरी कामेका छन् । त्यसै कारण उनीहरूले यो गठबन्धन बनाउनु परेको छ ।’

ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने दोहोर्‍याए ।


Author

थप समाचार
x