सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं - आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति जुटाउन बैठक बस्न लागेको हो । शुक्रबार दिनभरजसो छलफल भए पनि सहमति जुटेको थिएन । सबै दल आ–आफ्नै अडानमा रहेपछि पार्टीभित्र छलफल गर्ने र अझै केही दिन बैठक निरन्तर बस्ने सहमति गरेर नेताहरू उठेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया