देउवालाई जुम्ला उपसभापति बुढाको पत्र : निर्वाचनमा शत्रुसँग लड्नुको शान र मान बेग्लै छ
मुगु- पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांग्रेसमा निर्वाचन नजिकिएसँगै असन्तुष्टि बढेको छ । संस्थान पक्ष र संस्थापन इतरका नेता कार्यकर्ताहरू यति खेर केन्द्रमा रहेका आफ्ना पक्षका शीर्ष नेता माझ भेटघाटमा ब्यस्त रहेका छन् । चुनाव नजिकिँदै जाँदा जिल्लाबाट संघ र प्रदेशमा सिफारिस भएका नेताहरू टिकट पाउन दौडधूपमा रहेका छन् ।
जिल्लाबाट सिफारिस भएकालाई पनि टिकट पाउन सकस छ । किनकी केन्द्रले आफू खुसी निर्णय गर्ने डर उनीहरूलाई छ ।
नेपाली काँग्रेस जुम्लाका उपसभापति कार्मा बुढा आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा क्षेत्र नं क बाट सिफारिस भएका छन् ।
उनलाई प्रदेश निर्वाचन समानुपातिक तर्फको उम्मेदवारमा नेपाली काँग्रेस जिल्ला समिति जुम्लाले सिफारिस गरेको हो । यति बेला सत्तारुढ दलका नेताहरू सिट बाँडफाँटमा केन्द्रित रहेका छन् । दलहरूले सिट बाँडफाँट गर्दा कतिपयलाई चित्त पनि बुझेको छैन । नेपाली कांग्रेस जुम्लाका उपसभापति तथा प्रदेश क समानुपातिक बाट सिफारिस भएका कार्मा बुढाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् । उपसभापति बुढाले देउवालाई लेखेका छन् बहुमतको दम्भ नदेखाउनु होस् ।
आदरणीय शेर बहादुर दाई
जय नेपाल
तपाईलाई दम्भ होला नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बहुमत संख्या विजयी भएकोमा , तर नेपाली कांग्रेस समग्र कांग्रेसी जनको पवित्र मन्दिर हो र तपाईं मुख्य पुजारी .... पुजारीले प्रसाद बाँड्दा मेरोलाई बढी र अर्काको लागि कम भन्ने व्यवहार पक्कै पनि गर्नु हुन्न र गर्दा पनि सुहाउँदैन,
पार्टीलाई एक ढिक्का बनाएर लिने जिम्मा तपाईंको हो, अहिले पो गठबन्धन गरौंला , सायद हजुरलाई कति थाहा छ ? कांग्रेस खोजी खोजी.... अरूलाई रोजी रोजी भन्ने दिन नआएको होइनन्, सयौं कांग्रेसी जनहरूको रगत कांग्रेस भएकै कारणले बगे, सयौं बालबालिका टुहुरा भए, सयौं आमाहरूको कोख उज्रियो, सयौं आमाहरूको सिन्दुर पुछियो भने हजारौं घरबारविहीन भए हुन त तपाईंलाई के हेक्का होला ।
निर्वाचनमा शत्रु संग एक्लाएक्लै लड्नु को शान र मान अलग्गै छ, हामी आफ्नै पार्टी भित्र का दाजुभाइ संग गुटका नाममा सौतेनी व्यवहार गर्न तयार छौ तर शत्रु संग अँगालो मारेर हिँडिरहेका छौ ।
यसैलाई राजनीति भनिन्छ ? यसैका लागि महामानव वी.पी कोइराला, सन्त नेता कृष्णप्रसाद भट्टराई, लौहपुरूष गणेशमान सिंह लगायतका हजारौं नेता तथा कार्यकर्ताहरूको रगत र पसिना बगेको हो र ? अब हाम्रो पार्ना नै नेपाल कम्युनिस्ट पार्टी समाजवादी कांग्रेस भन्दा के फरक पर्ला कम्युनिस्टहरूको बैसाखी लगाई हिँड्नु पर्ने भए अब........ .
बैसाखी लगाउनु भन्दा पार्टी भित्र को मनमुटावको अन्त गर्न पार्टी सभापति भएकै कारणले तपाईले अभिभावकत्व लिन जरुरी छ दाइ, भाइ फुटे गवांर लुटे भन्ने उखान त सुनेकै छौ दाई पार्टी भित्र भाइचाराको सम्बन्ध कायम गर्दै सबैले सबै को अस्तित्व स्विकार गर्न जरुरी छ दाई,
निर्वाचन प्रतिपक्ष संग लड्ने हो, शेखर दाई सहित सबै नेताको परामर्शमा असल नेताहरूको चयन गर्न जरुरी छ दाई, संसदमा जाने सदस्यलाई क ख रा सिकाउनु पर्ने पनि त होईन होला नि, सबैको अस्तित्व राख्दै छलफल सहित समानुपातिकको, प्रत्यक्ष उम्मेदवारहरूको नाम ३६४ दिन कांग्रेस हुने ६५ ओै दिनमा हराउनेहरू होईन, हाम्रो होईन राम्रो मान्छे उम्मेदवार चयन गरियोस् भनि अनुरोध गर्न चाहान्छु, कसैले कसैलाई कमजोर नठानियोस् आगोको झिल्को सानो हुन्छ तर शहर तहसनहस पार्न प्रयाप्त हुन्छ, समयमै ध्यानाकर्षण होस् अनुरोध ।।।
जय नेपाल
कार्मा बुढा
उपसभापति जुम्ला
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया