दल

गोरखा-२ बाट प्रचण्डको उम्मेदवारी ठुलो सांकेतिक महत्वको छ, शानदार जितको शुभकामना : बाबुराम

इकागज |
असोज २२, २०७९ शनिबार ९:३९ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले स्वागत गरेका छन् । माओवादीको शुक्रबार साँझ बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेपछि भट्टराईले स्वागत गरेका हुन् ।

गोरखा क्षेत्र नम्बर २ यसअघि भट्टराई निर्वाचित भएको क्षेत्र हो । यो पटक भट्टराईले प्रत्यक्षमा चुनाव नलड्‍ने बताउँदै आएका छन् । 'मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयदेखि स्वागत गर्दछु' भट्टराईले ट्‍वीट गरेका छन् 'वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उमेदवारी निकै ठुलो सांकेतिक महत्वको छ । उहाँको शानदार विजयको हार्दिक शुभकामना !'


२०६४ सालमा रोल्पा–२  र काठमाडौं–१० बाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौं–१० बाट पराजित हुदाँ सिरहा–५ वाट विजयी भएका थिए भने २०७४ मा चितवन–३ बाट विजयी प्रचण्ड २०७९ को निर्वाचनमा भने काठमाडौं–२ बाट उम्मेदवार हुन लागेको हुन् । 

माओवादी अध्यक्ष प्रचण्डले चार वटा निर्वाचनमा प्रत्येक पटक निर्वाचन क्षेत्र फेरेर नयाँ रेकर्ड बनाएका छन् । 

र, यो पनि


Author

थप समाचार
x