दल

एमालेले टुंग्यायो बागमती प्रदेशको उम्मेदवार, प्रत्यक्षतर्फ ९६ मध्ये दुई जना मात्रै महिला (नामावलीसहित)

इकागज |
असोज २२, २०७९ शनिबार ११:१५ बजे

मकवानपुर - नेकपा एमाले बागमती प्रदेशले सबै स्थानमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । एमालेले बागमती प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फ ९६ जनाको नाम टुङ्ग्याएको हो । प्रत्यक्षतर्फका ९६ उम्मेदवारमध्ये दुई जनामात्रै महिलाको नाम छ ।  

रसुवाको नामावली टुङ्ग्याउन बाँकी रहेको पार्टीले जनाएको छ । हालसम्मको टुङ्ग्याएको नामहरूमा काठमाडौ ८ मा प्रतिनिधि सभाको लागि अष्टलक्ष्मी शाक्य र चितवन ३ प्रदेश सभा ख को लागि सरस्वती विष्टको नाम टुङ्ग्याइएको हो । 


बागमतीका केही ठाउँमा राप्रपा नेपालले एमालेसँग तालमेल गर्ने प्रयास गरेको थियो । एक साताअघि एमाले मकवानपुरले पार्टी कार्यालयमा दशैँको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा कार्यकर्ताको दलबलसहित उपस्थित थिए । यसअघि थापाले नै पार्टीभित्र आपसी तालमेल हुने निश्चित भएको भन्दै सार्वजनिक कार्यक्रमहरूमा बोल्दै आएका थिए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको निर्वाचन क्षेत्र रहेको मकवानपुरमा पनि एमालेले उम्मेदवार टुंग्याएको छ । 

रामेश्वर रानालाई मकवानपुरबाट प्रतिनिधि सभा क्षत्र न १ को उम्मेदवार फाइनल गरिएको हो । राना एमालेका पुराना नेता हुन् । गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा चर्चा भएका रानालाई अन्तिम समयमा हटाइएको थियो ।

यस्तै काठमाडौ ७ र १० को प्रतिनिधि सभा, भक्तपुर १ प्रदेश सभा 'ख', चितवन ३ प्रतिनिधि सभा र नुवाकोट १ प्रदशे सभा 'क' मा उम्मेदवार टुङ्ग्याउन बाँकी छ ।

हालसम्म अन्तिम टुङगो लगाइएको नामावली यस्तो छ ।

काठमाडौं  १
प्रतिनिधिसभाः किरण पौडेल
प्रदेशसभाः आत्मराम शर्मा र गणेश दुलाल

काठमाडौं २
प्रतिनिधिसभाः मणिराम फुयाँल
प्रदेशसभाः सानु श्रेष्ठ र सुवर्ण श्रेष्ठ

काठमाडौं ३
प्रतिनिधिसभाः कृष्ण राई
प्रदेश सभाः रामेश्वर फुयाल र चन्द्रमान लामा

काठमाडौं ४
प्रतिनिधिसभाः डाक्टर राजन भट्टराई
प्रदेशसभाः तेज ढकाल र जयराम थापा

काठमाडौं ५
प्रतिनिधिसभाः ईश्वर पोखरेल
प्रदेशसभाः दिपक निरौला र नारायण सिलवाल

काठमाडौं ६
प्रतिनिधिसभाः सर्वेन्द्र खनाल
प्रदेशसभाः अमन मास्के र निरेशलाल सिंह

काठमाडौं ७
प्रतिनिधिसभाः टुंगिन बाँकी
प्रदेशसभाः जीवन मानन्धर र श्याम घिमिरे

काठमाडौं ८
प्रतिनिधिसभाः अष्टलक्ष्मी शाक्य
प्रदेशसभाः राजेश शाक्य र नाम्गेल लामा

काठमाडौं ९
प्रतिनिधिसभाः कृष्णगोपाल श्रेष्ठ
प्रदेशसभाः हरिकृष्ण डंगोल र केशव पोखरेल

काठमाडौं १०
प्रतिनिधि सभाः टुंगिन बाँकी

ललितपुर १
प्रतिनिधिसभाः नवराज सिलवाल
प्रदेशसभाः मधुसुदन पौडेल र चेतनाथ सन्जेल

ललितपुर २
प्रतिनिधिसभाः प्रेम महर्जन
प्रदेशसभाः रामेश्वर श्रेष्ठ र ज्ञानेन्द्र शाक्य

ललितपुर ३
प्रतिनिधिसभाः अमृत खड्का
प्रदेशसभाः प्रेमभक्त महर्जन र रघुनाथ महर्जन

भक्तपुर १
प्रतिनिधिसभाः नवराज गेलाल
प्रदेशसभाः मोहन श्रेष्ठ र क्षेत्र ख मा टुङ्ग्याउन बाँकी

भक्तपुर २
प्रतिनिधि सभाः महेश बस्नेत
प्रदेशसभाः किरण थापा र नन्दनकृष्ण प्रधान

चितवन २
प्रतिनिधिसभाः कृष्णभक्त पोखरेल
प्रदेशसभाः कृष्ण सिलवाल र देवी ज्ञवाली

चितवन ३
प्रतिनिधिसभाः टुङ्ग्याउन बाँकी
प्रदेशसभाः कृष्ण भुर्तेल र सरस्वती विष्ट

नुवाकोट १
प्रतिनिधि सभाः बद्री मैनाली
प्रदेशसभाः क मा टुंगो लाग्न बाँकी र खा मा पुर्णलाल श्रेष्ठ

नुवाकोट २
प्रतिनिधिसभाः नारायण खतिवडा
प्रदेशसभाः केशव पाण्डे र बिजय लोप्चन

धादिङ १
प्रतिनिधिसभाः भूमि त्रिपाठी
प्रदेशसभाः गजेन्द्र थपलिया र रमेश आचार्य

धादिङ २
प्रतिनिधिसभाः खेम लोहनी
प्रदेशसभाः डाक्टर रामकुमार अधिकारी र धनबहादुर घले

रामेछाप
प्रतिनिधिसभाः कैलाश ढुंगेल
प्रदेशसभाः शान्ति प्रसाद पौडेल र मिलन घिसिङ

सिन्धुपाल्चोक १
प्रतिनिधि सभाः सरेश नेपाल
प्रदेशसभाः कमल नेपाल र होमनारायण श्रेष्ठ

सिन्धुपाल्चोक २
प्रतिनिधि सभाः शेरबहादुर तामाङ
प्रदेशसभाः अमानसिंह तामाङ र हस्त पण्डित

काभ्रे १
प्रतिनिधिसभाः रेशम लामा
प्रदेशसभाः दिल बहादुर लामा ९दिलीप० र चन्द्र लामा

काभ्रे २
प्रतिनिधिसभाः गोकुल बास्कोटा
प्रदेशसभाः कुमार खकुरेल र कुमार थापा

मकवानपुर १
प्रतिनिधिसभाः रामेश्वर राना
प्रदेशसभाः कमल विष्ट र एकालाल श्रेष्ठ

मकवानपुर २
प्रतिनिधिसभाः महेश बर्तौला
प्रदेशसभाः विष्णु ढकाल र लालबहादुर थापा

सिन्धुली १
प्रतिनिधिसभाः प्रदीप कटुवाल
प्रदेशसभाः सुवास देवकोटा र रामकुमार कार्की

सिन्धुली २
प्रतिनिधिसभाः मनोजजंग थापा
प्रदेशसभाः विनोद खड्का र रामकुमार पौडेल

दोलखा
प्रतिनिधिसभाः बालकृष्ण शिवाकोटी
प्रदेश सभाः नरबहादुर श्रेष्ठ र भरत केसी


Author

थप समाचार
x