दल

रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

इकागज |
असोज २३, २०७९ आइतबार १२:४३ बजे

फाइल तस्बिर

चितवन- रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन- २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । 

सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन् । 


आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ । 
 
 


Author

थप समाचार
x