दल

कांग्रेसको निर्णय : बागी उम्मेदवारी दिएकालाई ५ वर्षका लागि निष्काशन

इकागज |
असोज २६, २०७९ बुधबार १८:१६ बजे

काठमाडौँ– नेपाली कांग्रेसले आगामी निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका उम्मेदवारलाई ५ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । कांग्रेसले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

‘नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार लगायत सत्तारुढ गठबन्धन दल तथा मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका बीच भएको सहमतिका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी ५ बर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 



Author

थप समाचार
x