दल

एमाले सुदूपश्चिमद्वारा पाँच बागीमाथि कारबाही

इकागज |
असोज २८, २०७९ शुक्रबार १४:४० बजे

धनगढी- नेकपा एमाले सुदूरपश्चिम कमिटीले पार्टीले टिकट दिएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै पाँचजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ।

सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी सहितका पाँचजना नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।


एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जारी गरेको विज्ञप्तिअनुसार प्रदेश कमिटी सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद्का सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रीय निर्देशनअनुसार सम्बन्धित कमिटीले पार्टीबाट निष्कासन गरेको हो ।

प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेश सभा (१) , हमालले कञ्चनपुर २ को प्रदेश सभा (१) साउँदले कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (२) र मयालले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका छन् ।


Author

थप समाचार
x