दल

संशोधनसहित कांग्रेसको घोषणापत्र पारित

इकागज |
असोज २८, २०७९ शुक्रबार १७:४९ बजे

काठमाडौँ- नेपाली कांग्रेसले आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ । 

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको हो । 


बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समितिका प्रवक्ता समेत रहेका सह-महामन्त्री जीवन परियारले बताए ।

आजको बैठकमा घोषणापत्र लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा पेस गरेका थिए । शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिति बनेको थियो । अर्थ विज्ञ स्वर्णिम वाग्लेको संयोजकत्वमा डा.गोविन्दराज पोखरेल, गेजा शर्मा वाग्ले, डा. कृष्ण पौडेल, प्रताप पौडेल लगायत ६ सदस्यीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो । 


Author

थप समाचार
x