दल

सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित : महेश बस्नेत

इकागज |
असोज ३०, २०७९ आइतबार १७:६ बजे

भक्तपुर- एमालेबाट भक्तपुर-२ का उम्मेदवार महेश बस्नेतले सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित रहेको दाबी गरेका छन् । 'गठबन्धन नेताहरूबीच मात्रै छ, कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन,' उनले भने, 'त्यसकारण यो गठबन्धनले एमालेलाई केही असर गर्दैन ।' 

प्रेस चौतारी भक्तपुरले आइतबार आयाेजना गरेकाे अन्तरक्रियामा बस्नेतले आफू जनस्तरमा पुग्दा गठबन्धनविरुद्ध सत्ता गठबन्धन कै कार्यकर्ताहरू रहेको पाएकाे दाबी गरे । यही कारण आफूहरूले ती कार्यकर्तासँग भेटिरहेको उनको भनाइ थियो । 'हामी सत्ता गठबन्धनका कार्यकर्ताहरूलाई भेटिरहेका छु, ती कार्यकर्ताहरू हामीप्रति सकारात्मक छन्,' उनले भने । 


आफू विजयी भए भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाकाे रूपमा विकास गर्ने पनि बताए । 'भक्तपुरमा काम गर्दा एक पैसा पनि कहीँकतै घूस दिन नपर्ने गरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त बनाउँछु,' बस्नेतले भने ।  

पछिल्लो पटक दाेब्बर मतले विजयी भएकोमा यो पटक दाेब्बर होइन, तेब्बर बढी मतले विजयी हुने उनले दाबी गरे । उनले भक्तपुर-२ मा विकासको लहर ल्याएको तर त्यसलाई कांग्रेसले रोकेकाे आरोप पनि लगाए । कांग्रेसकाे यही कामले गर्दा यस पटक मत अझ बढ्ने उनको भनाइ दाबी छ । 


Author

थप समाचार
x