दल

किन फेरि प्रकाशमान ?

चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

इकागज |
असोज ३१, २०७९ सोमबार १६:३० बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं काठमाडौँ १ बाट सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा सिंहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, १ (क) का उम्मेदवार सुरजचन्द्र लामिछाने, (ख) उम्मेदवार दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा नेता सिंहले नेपालको राजनीतिमा काठमाडौँ १ ले प्रत्यक्ष र परोक्ष महत्त्व राख्ने गरेको बताउँदै यहाँका मतदाता सचेत र जागरुक रहेको बताए । उनले फेरि पनि किन प्रकाशमान ? भन्ने बुँदा राख्दै आफ्नो चुनावी प्रतिबद्धता पनि जनाएका छन् । यस्तो छ उनको चुनावी प्रतिबद्धता पत्रको एउटा अंशः

किन फेरि प्रकाशमान ?

मैले एमालेको लालकिल्लालाई कांग्रेसको किल्ला बनाएको हो । ०६४ पछि ह्याट्रिक गरिसकेको छु । मैले जनताको म्यान्डेटलाई इमानदारी पूर्वक गरेको छु । विकासका काममा पनि मैले सक्नेजति गरिरहेकै छु । यसैले यहाँका जनताले मलाई विश्वास गरिरहेका छन् । जसले यस क्षेत्रमा मेरो सामिप्यता बढ्दै गएको विगतको निर्वाचनले देखाएको छ ।

संविधान बनाउनेदेखि कार्यान्वयनमा जनताले मलाई म्यान्डेट दिएका छन् । संविधान कार्यान्वयन गर्ने मिसनका लागि फ्रेस म्यान्डेटसहित कांग्रेस नेतृत्वको सरकार गठबन्धनकै तर्फबाट मेरो उम्मेदवारी हो । संविधानको भावना र मर्मअनुसार कतिपय कानुन निर्माण गरेर प्रदेश तहलाई अधिकार दिएर सिंहदरबारको काम वडा वडासम्म पुर्‍याउने नारालाई सार्थकता दिनेछौँ ।

काठमाडौँ १ मा हामी निर्वाचित भएपछि नेपालको शिक्षा नीति परिवर्तन गरेर शिक्षा सँगसँगै प्रविधिबारे तालिम दिएर उच्च शिक्षा सँगसँगै रोजगार बन्ने अवस्था बनाउने छन् । हामी काठमाडौँका सामुदायिक विद्यालयको गुणस्तर  निजी विद्यालय बराबर बनाउने प्रयत्न गर्नेछौं । स्वास्थ्यमा अस्पताल नै जान नपर्ने गरेर महानगरसँग मिलेर हरेक वडा कार्यालयमा ल्याब र डाक्टर सहितको क्लिनिक राख्नेछौँ तर त्यसका लागि हामीलाई म्यान्डेट दिनुपर्यो ।

बेरोजगारलाई रोजगार बनाउन धेरै आयाम हेर्नुपर्छ, यसका लागि आवश्यक अर्थसँग सम्बन्धित कानुन संशाेधन गर्न पहल गर्नेछौं । छाता ऐनहरू बनाउन र खानेपानी समस्या समाधान गर्न मेलम्चीको विकल्प आवश्यक छ । त्यसका लागि गोकर्णेश्वर ड्याम तयार भएको छ । यसबाहेक नागमति ड्याम बनाउने योजना अघि बढेको छ, यसलाई पूरा गर्नेछौं । यस क्षेत्रमा राष्ट्रिय राजनीति विचारले चल्ने हो । केन्द्रको प्रभाव र क्षेत्रमा विकासको नारासाथ हामी मैदानमा छौं हामीलाई म्यान्डेट दिनुहोस् ।


Author

थप समाचार
x