दल

एमाले समानुपातिक उम्मेदवार कांग्रेस प्रवेश

इकागज |
कात्तिक २, २०७९ बुधबार १३:४८ बजे

जनकपुरधा - मधेश प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवार रहेकी नेकपा एमालेकी फुलकुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । एमालेको भ्रातृ संगठन अखिल महिला संघको सचिवालय सदस्यसमेत रहेकी महतोलाई कांग्रेसका सहमहामन्त्री एवं धनुषा क्षेत्र नम्बर ४ का उम्मेदवार महेन्द्र यादव र प्रदेश सभा सदस्यका लागि ४ (ख) का उम्मेदवार शेषनारायण यादवले पार्टी प्रवेश गराएका हुन् ।

एमाले पार्टीबाट सिफारिस भई नेकपा एमालेको बन्दसूचीमा समानुपातिक उम्मेदवारको मधेसीतर्फ ९ नम्बरमा रहेकी महतोले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपीशर्मा ओलीको तानाशाही प्रवृतिको कारण एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गरेको बताइन् । 


‘मुलुकमा सबैभन्दा बढी नागरिकताविहीन नागरिक मधेशमै छन् र अहिले मधेशको मुख्य मुद्दा पनि नागरिकता नै हो,' उनले भनिन्, 'तर एमालेमा कुरा राख्दा सकारात्मक नदेखिएन । पार्टीमा नागरिकताको विषयमा सकारात्मक हुन पटकपटक सल्लाह, सुझाव र आग्रह गर्दा पनि कुनै वास्ता नगरेपछि कांग्रेसमा आएकी हुँ ।'


Author

थप समाचार
x