४६ वर्ष पहिलेको 'फ्ल्यास ब्याक'मा प्रचण्ड
काठमाडौँ- चुनावी अभियानका क्रममा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड गोरखामा छन् । गोरखामा उनले सँगै पढाएका दौँतरी शिक्षक र किसानहरूसँग खुसी साटेका छन् । मंसिर ४ गते हुने निर्वाचनमा प्रचण्ड गोरखा-२ बाट उम्मेदवार छन् ।
प्रचण्ड २ वर्ष बसेको घर । भूकम्पबाट माथिल्लो तला क्षति भएको छ ।
उनीहरूसँग कुराकानीमा अध्यक्ष प्रचण्डले ४६ वर्षअघिका कुराहरू सम्झिएको उनको सचिवालयले जनाएको छ । 'आरुटारका किसानका लागि उहाँ प्रिय साथी, शिक्षक, कलाकार र अगुवा हुनुहुँदो रहेछ । किसानलाई आधुनिक खेती प्रणाली, कम्पोस्ट मलको निर्माण र प्रयोग तथा चर्पी निर्माणको काम समेत उहाँको अगुवाईमा भएको रहेछ' प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने' साँस्कृतिक टीम निर्माण, सामाजिक चेतना र जागरणमा उहाँको भुमिकाबारे गाउँलेहरूले गरेको कुरा सुन्दा किशोर अवस्थादेखि उहाँको नेतृत्व कुशलताबारे बुझ्न गार्हो थिएन ।'
सहपाठी शिक्षक गणेश श्रेष्ठ र उहाँको पत्नीका साथ प्रचण्ड ।
'४६ वर्ष पहिलेको फ्ल्यास ब्याक भयो' अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै मल्लले भने 'भर्खरै जस्तो लाग्छ रे उहाँलाई ! हिजो बेलुकीसँगै पढाएका दौतरी शिक्षक, किसान, दाजुभाइ दिदिबहिनीसँग खुशी साट्नु भयो । बिहान मर्निङ वाकमा बसेको घर, नुहाउने धारा र खाना खाने घरसम्म पुग्नुभयो ।'
प्रचण्डले खाना खाने घर ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया