लाइसेन्स, नागरिकता,जग्गाको नामसारी बाहेकका अन्य सेवा घरमै उपलब्ध हुनेछ : कांग्रेस
काठमाडौँ- नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने चुनावको लागि सार्वजनिक गरेको घोषणा पत्रमा डिजिटल नेपालः सुशासन र समुन्नतिको आधार भन्दै आगामी ५ वर्षमा सूचना संचार क्षेत्रमा २ लाख युवा संलग्न गराउने लक्ष्य राखेको जनाएको छ। नयाँ प्रविधिको विकासले अहिले विश्वमा समाज र बजारको ५ वर्षको लक्ष्यः सन्निकटता बढेको र प्रतिकूल भौगोलिक अवस्था भएको नेपालले निर्यातमुखी डिजिटलाइजेसन लगायत आफ्ना उत्पादनहरूलाई बजारमा प्रतिष्पर्धा बनाउन नयाँ प्रविधिको सूचना संचार क्षेत्रमा २ लाख युवा संलग्न प्रयोग गर्नु पर्ने कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ। यस्तो छ कांग्रेसले आफ्नो घोषणापत्रमा समेटेको सूचना प्रविधि:
डिजिटल नेपालः सुशासन र समुन्नतिको आधार
टेलिमेडिसिन केन्द्रको स्थापना र सातै भन्ने नाराका साथ नेपाली कांग्रेसले सूचना प्रविधिलाई आर्थिक | प्रवेशमा सूचना ज्ञान पार्क स्थापना गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पुयाई विशेष - सवै स्थानीय तहलाई उच्च गतिको गरी युवा उद्यमी, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सृजनशीलता । इन्टरनेट नेटवर्कको पहुँच प्रवर्द्धन गर्न उपयोग गर्ने नीति ल्याउने छ । नेपालको कुल गार्हस्थ उत्पादनमा अनुसन्धान तथा विकासको अंश हाल ०.३ प्रतिशत रहेकोमा यसलाई बढाएर ०७ प्रतिशत पु-याइने छ ।
बलियो आर्थिक आधारका लागि उच्च गुणस्तरीय प्रविधिको प्रयोग
नेपाललाई नवीनतम प्रविधिमैत्री बनाउन वर्तमान दर्ता, कर, निर्यात, प्रतिलिपि अधिकार, साझेदारी र वैदेशिक लगानीको सीमा लगायतका नीतिगत प्रक्रियामा सहजीकरण गरिने छ । सरकारी निकायमा गरिने प्रशासनिक तथा वित्तीय कारोवार, सम्पूर्ण कर प्रणाली र बैंकिङ्ग प्रक्रियालाई विद्युतीय प्रणाली मार्फत् विस्तार गरिने छ । देशका सम्पूर्ण भागमा राष्ट्रिय भुक्तानी प्रणाली पुऱ्याएर डिजिटल भुक्तानीलाई व्यवसायी तथा व्यक्तिको क्रेडिट इतिहाससँग जोडेर त्यसकै आधारमा वित्तीय संस्थाबाट ऋण उपलब्ध गराउने प्रणालीको विकास गरी नगद रहित वित्तीय कारोबार सहितको 'डिजिटल नेपाल निर्माण गरिने छ ।
ब्रोडब्याण्डको पहुँच र प्रयोगलाई व्यापक बनाउन यसको पूर्वाधार विकास र विस्तार गर्ने, नेपाललाई अन्तर्राष्ट्रिय सूचना संजालमा जोड़न, ब्रोडब्याण्ड एप्लिकेशन र कन्टेन्टको निर्माण गर्न सार्वजनिक-निजी साझेदारीमा जोड दिइने छ । सूचना प्रविधि तथा डिजिटल सेवाका सम्बन्धमा पहुँच र जानकारी नभएका तथा अन्य नागरिकलाई सार्वजनिक सेवाहरू उपलब्ध पुर्याउनको लागि स्थानीय सरकारसँगको समन्वय तथा सहकार्यमा भूगोलको अवस्था र जनसंख्याको अनुपातमा देशभरी डिजिटल नागरिक सेवा केन्द्रहरूको स्थापना गरिने छ ।
जन्मदर्ता, विद्यालय भर्ना तथा स्वास्थ्य सेवा लगायतका छरिएका वैयक्तिक विवरण एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध हुने व्यवस्था गरी त्यसको उपयोगबाट नागरिकलाई उच्च गुणस्तरको सेवा डिजिटल प्रविधि मार्फत् सहज रूपमा उपलब्ध गराइने छ । नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाको नामसारी, सवारी चालक अनुमतिपत्र वाहेकका अन्य सम्पूर्ण सेवालाई सूचना प्रविधिको माध्यम मार्फत् सेवाग्राहीलाई घरमै उपलब्ध हुने प्रणालीको विकास गरिने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया