दल

एमालेको घोषणापत्र : पर्यटकको संख्या वार्षिक २५ लाख पुर्‍याइने

इकागज |
कात्तिक १५, २०७९ मंगलबार १६:४८ बजे

काठमाडौँ- नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । 

उक्त घोषणापत्रमा आगामी ५ वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख पुर्‍याउने उल्लेख गरिएको छ । 


‘गुणस्तरीय पर्यटकको संख्यामा वृद्धि गर्दै आगामी पाँँच वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख पुर्‍याइनेछ । पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गरिनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ । 


Author

थप समाचार
x