निर्वाचनमा गठबन्धनलाई कुनै शक्तिले पराजित गर्न सक्दैन : माधव नेपाल
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका छन् ।
मंगलबार जनकपुरमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ द्वारा आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै कुनै शक्तिले पनि पराजित गर्न नसक्ने दाबी गरेका हुन् ।
जनताले ७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई करिब दुईतिहाई बहुमत दिएपनि केपी ओलीले कुनै काम गर्न नसकेको उनले बताए । उनले ओलीले गुटबन्दी गरेको र अरूलाई आदेश पालना गर्ने दास बनाउन खोजेकाले पार्टीमा विद्रोह भएको धारणा राखे ।
अध्यक्ष नेपालले समाजवादीको चुनाव चिह्न कलमले मुलुकको नयाँ भविष्य निर्माण गर्ने दाबी गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया