दल

वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा प्रतिबद्धता पत्र सार्वजानिक

इकागज |
कात्तिक १७, २०७९ बिहीबार १६:७ बजे

काठमाडौँ-  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आसन्न निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार उनले आज यहाँ आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिए ।

'स्थानीय तहको निर्वाचनमा एमालेद्वारा घोषणा–पत्र  प्रतिबद्धता पत्रको कार्यान्वयन गर्न संघीय र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने प्रतिबद्धता गर्दछौँ,' प्रतिबद्धता पत्रमा भनिएको छ । भौतिक संरचना निर्माण गर्दा भिन्न रूपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचनाहरू निर्माण गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । 


एमालेले आगामी निर्वाचनमा सो क्षेत्रको प्रदेशसभा (क)मा पार्टीका केन्द्रीय सदस्य नारायण सिलवाल र प्रदेशसभा (ख)मा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ ।


Author

थप समाचार
x