दल

डा. कार्कीविरुद्ध रिट लिएर निर्वाचन आयोग गयो सर्वोच्च अदालत

इकागज |
कात्तिक १८, २०७९ शुक्रबार १८:१ बजे

काठमाडौँ- ललितपुर- ३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी यथावत् राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले रिट दर्ता गराएको छ । 

अदालतले गत १५ गते आयोगको उम्मेदवारी खारेजीविरुद्ध कार्कीको पक्षमा अन्तरिम आदेश दिएको थियो । आयोगले अन्तरिम आदेश बदर गरीपाउँ भनी शुक्रबार निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको हो । 


मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको भन्दै निर्वाचन आयोगले १२ कात्तिकमा कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।


Author

थप समाचार
x