दल

राजनीतिमा धन हाबी भए युवाहरूको भविष्य समाप्त हुन्छः हृदयेश त्रिपाठी

इकागज |
कात्तिक २९, २०७९ मंगलबार १२:५२ बजे

फाइल तस्बिर

काठमाडौँ - पूर्वमन्त्री एवम जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृति हाबी हुने बताएका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत बर्दघाट नगरपालिकाको वडाहरूमा भएको संयुक्त भेला तथा घरदैली चुनावी अभियानका क्रममा भेलालाई सम्बोधन गर्दै उनले राजनीतिमा धनको हाबी भएमा युवाहरूको राजनीतिक भविष्यसमेत समाप्त हुने जिकिर गरे ।

उनले आफू जीवनको अन्तिम पटक निर्वाचन लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासँग भिक्षा मागेको बताए । अध्यक्ष त्रिपाठीले आफूले मागेको भिक्षा निर्वाचन क्षेत्रका जनताको प्रतिष्ठा, इज्जत, स्वाभिमान र सम्मानका लागि भएको बताए।


त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार पुण्यप्रसाद पौडेलले पनि उद्योगपति चौधरीलाई लक्षित गर्दै धनको बलमा मतदाता बिक्री नहुने बताए । चौधरीले चुनाव जित्नकै लागि सिजी नेटदेखि लिएर फाउण्डेसनको नाममा अनुदानसमेत दिँदै हिडेको आरोप लगाउँदै उनले आचारसंहिता उल्लंघन भएको बताए ।


Author

थप समाचार
x