प्रदेशसभा सदस्यका लागि दुवै गठबन्धनबाट ८३ जना नयाँ अनुहार उम्मेदवार
जनकपुर - आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा मधेश प्रदेशमा पाँचदलीय सत्तारूढ र प्रतिपक्षी एमाले—जसपा गठबन्धनबाट प्रदेश सभा सदस्यतर्फ ८३ जना नयाँ अनुहारले उम्मेदवारी दिएका छन् । प्रदेशको कुल ६४ सिटका लागि गठबन्धनसहित विभिन्न दल र स्वतन्त्र गरी एक हजार ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये सत्तारूढ गठबन्धनबाट ७८ जना र प्रतिपक्षी गठबनधनबाट ६९ जना गरी १ सय ४७ जना उम्मेदवार छन् ।
यी मध्ये सत्तारूढ गठबन्धन दलहरुबाट नेपाली कांग्रेसबाट १८, माओवादी केन्द्रबाट १३, नेकपा एकीकृत समाजवादी (एस) बाट ७, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ९ र प्रतिपक्षी गठबन्धनका नेकपा एमालेबाट २५ तथा जनता समाजवादी पार्टी (जसपा) बाट १३ जना नयाँ उम्मेदवार बनेका हुन् ।
गठबन्धन दलहरुबाट सप्तरीमा क्षेत्र नं. १ (१) मा माओवादी केन्द्रबाट बेचन प्रसाद चौधरी र लोसपाबाट तुलसी प्रसाद चौधरी, १ (२) मा जसपाबाट सुदम्बर यादव, सप्तरी २ (२) मा माओवादी केन्द्रबाट उमेश यादव, सप्तरी ३ (१) मा एमालेका जोगेन्द्र भगत, सप्तरी ३ (२) मा लोसपाका गजेन्द्र कुमार मण्डल, सप्तरी ४ (१) मा एमालेका बालकृष्ण चौधरी र सप्तरी ४ (२)मा कांग्रेसका इन्द्रदेव यादव नयाँ अनुहार हुन् ।
सिरहामा उम्मेदवारी दिएकामध्ये १ (१) मा कांग्रेसका सुनिल महतो र एमालेका राजेन्द्र प्रसाद चौधरी, २ (२) मा एमालेका शत्रुध्न प्रसाद सिंह, ३ (१) मा कांग्रेसका रामसगुन यादव, ३ (२) मा कांग्रेसका संजय प्रकाश यादव, जसपाकी रेणुकुमारी यादव, ४ (१) मा माओवादीका महेन्द्र पासवान, ४ (२) लोसपाका रामबाबु यादव नयाँ अनुहार हुन् ।
त्यस्तै धनुषाको १ (१) मा कांग्रेसका संजयकुमार महतो, १ (२) मा जसपाका सुकेश्वर यादव, धनुषा २ (१) मा एमालेका लखन दास तत्मा, लोसपाका संजयकुमार साह, नेकपा एसका रामनारायण साह सूडी, धनुषा २ (२) मा एमालेका संजीव कुमार सुरज, माओवादीका श्यामकुमार यादव र नेकपा एसका शैलेन्द्रकुमार यादव, धनुषा ३ (१) मा जसपा जितेन्द्र यादव, ३ (२) मा एमालेका दिपेन्द्र ठाकुर, ४ (१) मा कांग्रेसका शेषनारायण यादव, एमालेका सन्तोष यादव, ४ (२) मा जसपाका चन्देश्वर महतो र एमालेका हरिनारायण महतो प्रदेश सभा सदस्यका लागि नयाँ अनुहार हुन् ।
महोत्तरी १ (१) लोसापका पिताम्बर महतो र नेकपा एसका सुरेशबहादुर राउत नयाँ अनुहार हुन् भने २ (१) मा जसपाका धमेन्द्र कुमार साह, २ (२) मा कांग्रेसका नागेश्वर यादव र एमालेका लक्ष्मीनारायण भगत, ३ (१) मा जसपाका दिपेन्द्र झा, ३ (२) मा एमालेका रामदयादव मण्डल, ४ (१) मा एमालेका सरोज कुमार यादव र ४ (२) मा माओवादीका लालेन्द्र कुमार मण्डल पनि पहिलो पटक उम्मेदवारी दिएका हुन् ।
त्यस्तै सर्लाहीमा नयाँ अनुहारको उम्मेदवारमा १ (१) मा जसपाका अहमद मिया मुकेरी, १ (२) मा एमालेकी शान्तिकुमारी लामा, २ (१) मा कांग्रेसका जंगीलाल राय, एमालेका किशुनदेव राय, माओवादीका सुनिलकुमार महतो, २ (२) मा कांग्रेसका कौशल किशोर राय, लोसपाका मेथुर चौधरी, ३ (१) मा एमालेका गणेश प्रसाद प्रसाई, ३ (२) मा कांग्रेसका हरेश प्रसाद महतो र ४ (२) मा जसपाका उदयकान्त मिश्र रहेका छन् ।
रौतहटको १ (१) बाट एमालेका राजकिशोर प्रसाद यादव, १ (२) कांग्रेसका कृष्णप्रसाद यादव, २ (१) मा एमालेका मोहम्मद जैद आलम, लोसपाका शेख जमसैद, २ (२) बाट माओवादीका सुरेन्द्र प्रसाद जयसवाल, नेकपा एसका कनिस पटेल, ३ (१) बाट जसपाकी पुजा चौधरी, ३ (२) बाट कांग्रेसका सुनिल कुमार यादव, र ४ (१) बाट एमालेका अखिलेश चौधरी, माओवादीका युवराज भट्टराई, नेकपा एसका बालकृष्ण श्रेष्ठ, ४ (२) बाट नेकपा एसका शेख सतार अहमद प्रदेश सभा निर्वाचनका पहिलो पटक उम्मेदवारी दिएका हुन् ।
त्यस्तै बाराको क्षेत्र नम्बर १ (१) मा कांग्रेसका रमेश प्रसाद दंगाल, १ (२) मा कांग्रेसका नागेन्द्र प्रसाद साह कानु, नेकपा एसका बतहु राय यादव, २ (१) मा एमालेका बलवीर प्रसाद चौधरी, लोसपाका मोतीलाल प्रसाद, २ (२) मा कांग्रेसका रामअयोध्या प्रसाद यादव, ३ (१) मा एमालेका रविन्द्र दास श्रेष्ठ, माओवादीका मुकेश साह, ३ (२) मा एमालेका महमद समिर, ४ (१) एमालेका देवनारायण थारु, माओवादीका क्षेत्रबहादुर श्रेष्ठ र ४ (२) मा जसपाका आत्माराम प्रसाद साहले प्रदेश सभा सदस्यका लागि नयाँ अनुहार हुन् ।
उता पर्साको क्षेत्र नम्बर १ (१) मा एमालेका विचारी प्रसाद यादव, २ (१) मा कांग्रेसका श्याम प्रसाद पटेल, २ (२) मा एमालेका हरेराम प्रसाद, ३ (२) मा जसपाकी मधु गुप्ता, र ४ (२) मा माओवादीकी चाँदतारा कुमारी पनि प्रदेश सभा सदस्यको पहिलो पटक भिडदैछिन् ।
प्रदेश सभामा उम्मेदवारी दिएका मध्ये ४३ जना वर्तमान प्रदेश सभा सदस्य हुन जुन आफ्नो कार्यकाल दोहर्याउन पुनः उम्मेदवारी दिएका छन भने २१ जना उम्मेदवार ती व्यक्तिले जसले पछिल्लो निर्वाचनमा भाग लिएका पराजित भएका थिए । पछिल्लो निर्वाचनमा भाग लिएर पनि अवसर पाउन नसकेका स्वतन्त्रबाट ३, एमालेबाट एक, माओवादीबाट ६, तात्कालिन राजपाबाट २, कांग्रेसबाट ५ र तात्कालिन सपाबाट ४ जना उम्मेदवार हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया