६ ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, रवि भने पछाडि
काठमाडौँ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्मका ६ ठाउँमा अग्रता कायम गरेको छ । काठमाडौँका मात्रै तीन वटा क्षेत्रमा अगाडि छ ।
काठमाडौँ–२ मा सोविता गौतम, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली अगाडि छन् । यस्तै ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता छ ।
झापा–४ मा पनि एमालेका लालप्रसाद साँवा लिम्बुलाई पछि पार्दै स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल अगाडि छन् । यस्तै कास्की–२ मा पनि माधवप्रसाद कंडेल अगाडि छन् ।
रास्वापाका उम्मेदवार ६ ठाउमा अगाडि हुँदा सभापति रवि लामिछाने भने पछाडि छन् । चितवन-३ मा उनी तेस्रो स्थानमा छन् । एमालेका कृष्णभक्त पोखरेल पहिलो र कांग्रेसका उमेश श्रेष्ठ दोस्रोमा छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया