दल

डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी

इकागज |
मंसिर ८, २०७९ बिहीबार १२:३५ बजे

कैलाली - डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डाक्टर ताराप्रसाद जोशी विजयी भएका छन्। उनले ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

उनले प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४८० मतले पराजित गरेका हुन्।


बोहराले १० हजार ९ सय ७० मत पाए। बोहरा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री समेत हुन्।


Author

थप समाचार
x