'एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुग्छ'
काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने बताएका छन् ।
आइतबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ५ औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेको सरकार बनेमा चुनावी घोषणापत्र बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने बताएका हुन् । उनले एमाले सरकारमा नभएमा श्रमिकको पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउन आन्दोलन गर्ने उल्लेख गरे ।
निर्वाचनको मतगणना भइरहेको उल्लेख गर्दै चार, पाँच वटा सिटले मात्रै काँग्रेस र एमालेबीच पहिलो र दोस्रो शक्ति हुने उनकाे भनाइ छ ।
उपमहासचिव रिमालले एमालेको पपुलर भोट ३२ लाख पुग्ने र पपुलर भोटमा एमाले पहिलो पार्टी बन्ने बताए । उनले आफूहरू सरकारमा रहेमा औपचारिक क्षेत्रका सतप्रतिशत श्रमिकहरूलाई सामाजिक सुरक्षामा ल्याउने जिकिर गरे । पाँच वर्ष भित्रमा अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा प्रणालीभित्र ल्याउने उनको भनाइ छ ।
सामाजिक सुरक्षा औपचारिक र अनौपचारिक दुवै क्षेत्रका लागि भएकाले दुवै क्षेत्रमा बराबरी रूपमा लागू हुनुपर्ने उनले बताए । उनले सामाजिक सुरक्षा केवल श्रमिकहरूका लागि मात्रै नभइ व्यवसायी र सरकारका लागि पनि भएको स्पष्ट पारे । व्यवसायीहरू सामाजिक सुरक्षामा जोडिनु श्रम बजारलाई सुन्दर बनाउनु भएको उनको तर्क छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया