आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्छ: सिटौला
फाइल फोटो
झापा- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको आगामी राजनीतिक नेतृत्व लोकतान्त्रिक–वाम गठबन्धनले गर्ने बताएका छन् ।
झापाको बाह्रदशीमा आज मतदातालाई धन्यवाद ज्ञापन गर्नुहुँदै नेता सिटौलाले बन्ने र उक्त सरकारले मुलुकको राजनीतिलाई गति दिने बताए ।
निर्वाचनको परिणाम हेर्ने हो भने नेपालको राजनीति नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै सेरोफेरोमा रहने देखिएको भन्दै सिटौलाले निर्वाचनको परिणामबाट मतदातालाई नआत्तिन अनुरोध गरे ।
नेपाल र नेपालीको भविष्य बहुलवादमा आधारित संघीयता, गणतन्त्र र धर्म निरपेक्षतामा सुरक्षित रहेको नेता सिटौलाले उल्लेख गरे । `बहुलवादसित गाँसिएर आएको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विपक्षमा जाने हो भने नेपाल र नेपालीको भविष्य निरङ्कुशतामा अल्झन्छ`, उनले भने ।
हार जित स्वाभाविक भएकाले दुःख नमानी आगामी दिनका लागि सङ्गठन विस्तार गर्दै विकास–निर्माणको वातावरण बनाउन गठबन्धनका सहकर्मी सबैलाई नेता सिटौलाले आह्वान गरे । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया