किन भेटे प्रचण्डलाई गृहमन्त्रीले ?
फाइल फोटो
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ ।
उनीहरूबी पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको गृहमन्त्रालय स्रोतले बताएको छ ।
मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा लडेका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुकको विकास गर्न एकजुट भएर लाग्नेबारे कुराकानी भएको थियो ।
भेटमा प्रचण्डले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन गृहमन्त्रालयले खेलेको भूमिकाको प्रसंशा गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया