नेकपा एसका महासचिव भुसालले भने : राम्राे काम गर्न गण्डकी प्रदेशमन्त्री गुरुङबाट सिक्नुपर्छ
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेबाट सिक्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंको तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्दै उनले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताएका हुन् । महासचिव भुसालले गुरुङले आफ्नो विगतलाई बदलेर राजनीतिलाई जनसेवाको रुपमा अघि बढाउने प्रतिवद्धता जनाएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने तर्क समेत गरे ।
गुरुङको विगतलाई लिएर कतिपयले टिप्पणी गरेको गरेको भन्दै महासचिव भुसालले अब भने वर्तमानमा गरेको कामलाई हेरेर साथ दिनुपर्ने पनि बताए । त्यस अवसरमा उनले गुरुङले वर्तमानमा सिक्न लायक काम गरेको र भविष्यमा पनि राम्रो काम गर्दै जाने विश्वास समेत व्यक्त गरे ।
मनाङ प्रदेश २ का स्वतन्त्र सांसद समेत रहेका गुरुङ मंसिर २० गते (हिजो) जनसेवा गर्ने भन्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । उनले आफू सो पार्टीमा प्रदेशको मुख्यमन्त्री पाउन र मन्त्री बन्नका लागि नआएको पटकपटक दोहोर्याए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया