समाजवादी : प्रदेश पार्टी बन्यो, राष्ट्रिय पार्टी बनेन
काठमाडौँ – प्रतिनिधि सभामा राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेशमा थ्रेसहोल्ड कटाएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेशमा ’थ्रेस होल्ड’ पार गर्न कूल सदर मतको १.५ प्रतिशत मत ल्याउनुपर्छ । नेकपा एसले सातै प्रदेशमा समानुपितकमा १.५ प्रतिशत मत कटाएको हो ।
प्रतिनिधि सभामा भने राष्ट्रिय दल बन्न प्रत्यक्षमा एक सिट र समानुपातिकमा कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ । नेकपा एसले प्रतिनिधि सभामा करिब तीन लाख मत प्राप्त गरे पनि थ्रेसहोल्ड भने कटाउन सकेन ।
समाजवादीले मधेश प्रदेशमा सबैभन्दा धेरै मत प्राप्त गरेको । निर्वाचन आयोगको विवरणअनुसार मधेशमा कूल सदर २० लाख ८६ हजार २९८ मतमध्ये नेकपा समाजवादीले एक लाख १३ हजार ९२५ मत प्राप्त गरेको छ ।
समाजवादीले गण्डकीमा सबैभन्दा मत पाएको छ । गण्डकीमा कूल सदर नौ लाख ८५ हजार ८०२ मतमध्ये नेकपा समाजवादीले १५ हजार ७६ मत मात्रै पाएको छ । यो संख्या प्रदेशमा राष्ट्रिय दल बन्न भने प्रयाप्त हो ।
त्यस्तै प्रदेश १ मा कूल सदर मत १८ लाख ९९ हजार १४४ मध्ये ५५ हजार ९९७ मत पाएको छ । बागमतीमा कूल सदर १९ लाख ७३ हजार मतमध्ये ४७४ ६९ हजार ८४६ मत पाएको छ ।
लुम्बिनीमा कूल सदर १८ लाख ८७ हजार ७८ मतमध्ये ४२ हजार ६२१ मत पाएको छ भने कर्णालीमा पाँच लाख ७७ हजार ८२९ मतमध्ये ३५ हजार ८२६ र सुदूरपश्चिममा आठ लाख ९६ हजार ३८६ मतमध्ये ४३ हजार ८१९ मत पाएको छ ।
प्रदेश |
कूल सदर मत |
प्राप्त मत |
राष्ट्रिय दल बन्न चाहिने मत |
कैफियत |
प्रदेश |
१८,९९, १४४ |
५५,९९७ |
२४,४८७ |
|
मधेश |
२०,८६,२९८ |
१,१३,९२५ |
३१,२९४ |
|
बागमती |
१९,७,३४७४ |
६९,८४६ |
२९,६०२ |
|
गण्डकी |
९,८५,८०२ |
१५,०७६ |
१४,७८७ |
|
लुम्बिनी |
१८,८७,०७८ |
४२,६२१ |
२८,३०६ |
|
कर्णाली |
५,७,७८२९ |
३५,८२६ |
८,६६७ |
|
सुदूरपश्चिम |
८,९६,३८६ |
४३,८१९ |
१४,९४६ |
|
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया