अध्यादेशमार्फत होइन नवनिर्वाचित संसद्बाट समाधान खोजौँ : प्रदीप पौडेल
फाइल फोटो
काठमाडौ - नेपाली कांग्रेसका युवा नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले अध्यादेशमार्फत नभएर संसदबाट समाधान खोज्नुपर्ने बताएका छन् ।
व्यक्ति हत्या आरोपमा आजीवन कारवासको सजाय भोगिरहेका रेशश चौधरीसहितलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन तयारी गरेपछि उनले संसदबाट समाधान खोज्नुपर्ने बताएका हुन् ।
अध्यादेशमार्फत समाधान खोज्नु गलत रहेको भन्दै उनले नवनिर्वाचित संसदमार्फत खोज्नुपर्ने बताएका हुन् ।
‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत् होइन, नव निर्वाचित संसद मार्फत् खोजौं,’ उनले भनेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया