ओलीपछि प्रचण्डलाई भेट्न अर्जुननरसिंह केसी खुमलटारमा
काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । नयाँ सरकार गठनको तयारी भइरहेका बेला उनले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन् । आइतबार राति भक्तपुरको बालकोट पुगेर ओलीलाई भेटेका उनले सोमबार ललितपुरस्थित खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।
दुवै राजनीतिक भेटवार्तामा सरकार गठनसहित राजनीतिक, समसामयिक विषयमा कुराकानी भएको छ । सोमबार प्रचण्डको जन्मदिनसमेत परेकाले नेता केसीले शुभकामना पनि दिएका छन् ।
कांग्रेसमा सरकारको नेतृत्व लिन आधा दर्जनजति आकांक्षीमध्ये केसीका ज्वाइँसमेत रहेका महामन्त्री गगन थापा पनि छन् । कांग्रेस संसदीय दलको नेतासहित प्रधानमन्त्री बन्ने दौडमा थापा रहेका बेला केसीको राजनीतिक भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका दुवै जनाले एकअर्कालाई बधाई साटासाट गरेका थिए ।
निर्वाचन परिणाम र संसद्को अंकगणितिय उपस्थितिको समीक्षा गरेका प्रचण्ड र केसीबीच बालाजु बाईपास–ककनि (रानिपैवा)त्रिशुली अस्तव्यस्त रूपमा रहेको पुरानो पासाङल्हामु राजमार्ग छिटोभन्दा छिटो बनाउने विषयमा पनि कुराकानी भएको छ ।
अर्थतन्त्र सुधारको विषयमा गठबन्धन दलहरूबीच साझा अवधारणा तय गरी र सहकार्य गरी अगाडि बढ्ने विषयमा पनि उनीहरूबीच कुराकानी भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया